बेलायती पत्रिका द टेलिग्राफका अनुसार साउदी अरेबियाको प्रचार गर्नका लागि त्यहाँको सरकारले हालै युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोलाई ६० लाख युरो प्रस्ताव गरेको थियो।
एक वर्षमा रोनाल्डोले ६० लाख युरो प्राप्त गर्ने थिए। तर रोनाल्डोले यो प्रस्तावलाई अस्वीकार गरिदिएको समाचारमा जनाइएको छ।
टेलिग्राफका अनुसार रोनाल्डोले साउदी अरेबियाको प्रचारका लागि विज्ञापनमा खेल्नु पर्ने थियो र त्यहाँ केहीदिन भ्रमणका लागि जानु पर्ने थियो।
यस्तै किसिमको साउदीको प्रस्तावलाई बार्सिलोनाका स्टार लियोनल मेस्सीले पनि अस्वीकार गरिदिएको समाचारमा जनाइएको छ।
मानवअधिकारको दृष्टिले साउदी अरेबिया खराब सूचीमा आउँछ। सोही कारण यी दुई स्टारले साउदीको अफर अस्वीकार गरेको अनुमान गरिएको छ।
साउदी अरेबियाले भिजिट साउदी नामको अभियान थालनी गरेको छ। यद्यपी मानवअधिकार उल्लंघन भइराख्ने भएकाले साउदीको चर्को रुपमा आलोचना हुने गरेको छ।

प्रतिक्रिया