नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिग क्रिकेटमा पर्थ स्कोचर्सविरुद्ध २ विकेट लिएका छन्।
जारी खेलमा सन्दीपले २ ओभर बलिङ गर्दा १४ रन खर्चेर २ विकेट झारेका हुन्।
सन्दीपले ओपनिङ ब्याट्सम्यान लियाम लिभिङस्टोनलाई डेविन मलानको हातबाट क्याच आउट गराएका हुन्। लियामले १५ बलको सामना गर्दा २ छक्का र २ चौका हान्दै २६ रन जोडेका थिए।
यस्तै मिशेल मार्सलाई एलबीडब्लु धरापमा पारे। यसअघिका २ खेलमा लगातार विकेट विहिन रहेका सन्दीपले आजको खेलमा २ विकेट लिए।
अष्ट्रेलियाको मेलर्वनमा जारी लिगमा टस जितेर ब्याटिङ गरिरहेको पर्थ स्कोचर्सले यो समाचार तयार पार्दासम्म ९ दशमलव १ ओभरमा ४ विकेट गुमाएर ७८ रन जोडेको छ।

प्रतिक्रिया