काठमाडौंमा सोमबार भएको विशेष साधारण सभाले विधान संशोधन गर्नुका साथै निर्वाचनको मिति टुंग्याएको हो।
एनओसीले निर्वाचन सम्पन्न गर्न लोकभक्त राणाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। समितिका सदस्यहरुमा राधिका खतिवडा र भिम थापा छन्।
यस्तै विशेष साधारण सभावले विधान संशोधन गर्दै उपाध्यक्ष ४ बाट ५ तथा ३ सचिव थप्ने निर्णय गरेको छ। सदस्यको संख्या भने ९ बाट ७ मा झारिएको छ।
अब नयाँ निर्वाचनले अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, सचिव ३, कोषाध्यक्ष १ र सदस्य ७ गरि १९ जना निर्वाचित गर्नेछ।

प्रतिक्रिया