खेल


१०औँ पुष्पलाल स्मृति राष्ट्रिय र्‍यांकिङ प्रतियोगिताको उपाधि प्रिन्स र जेशिकालाई

१०औँ पुष्पलाल स्मृति राष्ट्रिय र्‍यांकिङ प्रतियोगिताको उपाधि प्रिन्स र जेशिकालाई

नेपालखबर
माघ ४, २०७७ आइतबार ११:२८,

सिल्क ग्रुपका प्रिन्स दाहाल र एपीएफकी जेशिका गुरुङ्गले योनेक्स सनराइज १०औँ पुष्पलाल स्मृति राष्ट्रिय र्‍यांकिङ प्रतियोगिताको उपाधि उचालेका छन्।

सेमिफाईनलमा शीर्ष वरीयताका रत्नजितलाई पराजित गरेका प्रिन्सले शीर्ष १६ पुरुष एकलको फाइनलमा एपीएफका दिपेश धामीमाथि २१–१८, २१–१३ को जितका साथ पुष्पलाल ब्याडमिन्टनमा नयाँ इतिहास रचेका छन्।

गोलबजार कभर्डहलमा भएको महिलाको शीर्ष १२ को प्रतिस्पर्धामा राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनलाई १८–२१, २१–१५, २२–२० ले पराजित गर्दै एपीएफकी जेशिका गुरुङ्गले उपाधि जितेकी छन्।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा भएको पुरुष शीर्ष १६ वरीयताबाहेकको एकलको प्रतिस्पर्धामा कैलालीका देवराज रानाले सेनाका दिवश शंकरलाई १५–२१, २१–१८, २१–१६ ले पराजित गर्दै उपाधि जिते।

शीर्ष १२ वरीयताबाहेकको महिला एकलमा कैलालीकी प्राथना देउवाले झापाकी अञ्जना राईलाई २१–९, २१–१३ ले हराइन्।

पुरुष युगलतर्फ त्रिभुवन आर्मी क्लबका रत्जजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले आर्मीकैै सुरोज महर्जन र पविन लिनथेपको जोडीमाथी २१–१९, १९–२१, २१–१३ को जित निकाल्दै उपाधि उचालेको हो।

महिला युगलतर्फ आर्मीका राष्ट्रिय च्याम्पियन रशिला महर्जन र अमिता गिरीको जोडीले एपिएफका जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडीलाई २१–१८, २१–१२ ले पराजित गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad