नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप थप २६६ जनामा कोरोना पुष्टि भएको बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार ९१३ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ४०० कोरोना संक्रमित निको भएको बताए। योसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने योसँगै निको हुनेको संख्या १ हजार ९५९ पुगेको छ।

प्रतिक्रिया