ad ad

खेल


पीएम कपमा त्रिभुवन आर्मीको शानदार जित, गण्डकी ९८ रनले पराजित

पीएम कपमा त्रिभुवन आर्मीको शानदार जित, गण्डकी ९८ रनले पराजित

नेपालखबर
माघ २, २०७७ शुक्रबार १०:५५,

त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

शुक्रबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

आर्मीले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकी, ४ ओभरमा १ सय ८९ रनमा अलआउट भयो।

गण्डकीका समिर कँडेलले अर्धशतक हाने। पीएम कपमा यो दोस्रो अर्धशतक हो। ९० बलको सामना गरेका कडेलले ५ चौका मद्दतमा अर्धशतक हानेका हुन्।

अर्जुन कुमालले ३६ रनको योगदान दिए। दिपक डुम्रे २६, विष्णु पाण्डे १२ रनमा पवेलियन फर्के। गण्डकीका कप्तान विपिन खत्री ३७ रनमा नटआउट रहे।

Image may contain: one or more people, people playing sports and outdoor

आर्मीका भीम सार्कीले ३, राजेश पुलामीले ५ विकेट लिए। आकाश चन्द र रोहित पौडेलले एक एक विकेट झारे।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८७ रनको योगफल तयार पारेको थियो।

करिअरकै पहलिो शतक हानेका कप्तान विनोद भण्डारीको आक्रामक ब्याटिङ गरेपछि आर्मी बलियो योगफल तयार पार्न सफल भएको हो। कप्तान भण्डारीले लोकेश बमसँग मिलेर १ सय ३ रनको साझेदारी गरेका थिए।

७६ बलको सामना गरेका कप्तान भण्डारीले ९ चौका र ५ छक्का मद्दतमा १ सय ११ रनमा नटआउट रहे। बम ४२ रनमा आउट भए।

त्यसअघि ओपनर हरिकृष्णा झा र राजु रिसालले १८ दशमलव ४ ओभरमा ६३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। ४८ बलको सामना गरेका झा ले १ चौका मद्दतमा १४ रन जोड्दा पवेलियन फर्के। ७१ बलको सामना गरेमा रिजालले ४५ रनको योगदान दिए। रोहित पौडेल १०, भीम सार्की १५ रनमा आउट भए।

गण्डकी प्रदेशमा लागि विपिन खत्री र विशाल पौडेलले समान २ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .