खेल


नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्ष तीनमा

नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्ष तीनमा

नेपालखबर
माघ २, २०७७ शुक्रबार १०:३,

नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियर वरीयताको शीर्ष तीनमा उक्लिएका छन्।

विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ)ले शुक्रबार जारी गरेको वरीयतामा प्रिन्सले ८ स्थान सुधार गर्दै शीर्ष ३ मा उक्लेका हुन्।

प्रिन्सको यो हालसम्मकै उत्कृष्ट वरीयता हो। विश्व जुनियर वरीयताको शीर्ष ३ भित्र पर्नु नेपाली खेलाडी र नेपाली ब्याडमिन्टनको लागि नयाँ इतिहास हो। यसअघि प्रिन्स सातौँ र अहिले ११औँ स्थानमा रहेको थियो।

प्रिन्सको १०४०० अंक छ। वरीयताको शीर्षस्थानमा डेनमार्कका म्याड्स जुवेल मोलर र भारतका वरुण कपुर रहेका छन्। म्याड्सको १३५५० र वरुणको १३१५० अंक छ। म्याड्सले ३ तथा वरुणले ४ स्थान सुधार गरेका हुन्।

कोरोना महामारीपछि घरेलु प्रतियोगिता सुरु हुँदा प्रिन्सले नेपाल नम्बर १ रत्नजित तामाङलाई हराउँदै उपाधि जितिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad