खेल


प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही च्याम्पियन

प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही च्याम्पियन

प्रकाश न्यौपाने
माघ १, २०७७ बिहिबार ११:१०,

रुपन्देहीको भैरहवामा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा रुपन्देही प्रादेशिक च्याम्पियन बनेको छ। बिहीबार सिद्धार्थ रंगशालामा भएको खेलमा बाँकेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गर्दै रुपन्देही च्याम्पियन भएको हो। बाँकेले उपविजेतामा चित्त बुझायो।

टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ४० ओभरको खेलमा ८ विकेट क्षतिमा १८७ रनको योगफल बनाएको थियो। उसका लागि संदीप रजालीले सर्वाधिक ८९ रनको योगदान गरे। यस्तै, प्रकाश केसीले ३५, कृष्ण कार्कीले १९ र विक्रम भुसालले १४ रन बनाए। बलिङमा बाँकेका अजय साहनी र आकाश विष्टले ३-३ तथा दीपेन्द्र राउत, सिद्धान्तराज साहीले १-१ विकेट लिए।

जवाफी ब्याटिङ गरेको बाँके २६ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर ८० रनमै समेटियो। उसका लागि रमेश सिंहले १९ र सुविन्द्र पाण्डेले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

rupandehi-cricket-jeet.JPG

बाँकेलाई सस्तैमा रोक्न रुपन्देहीका अनिल खरेलले ५ विकेट लिए। यस्तै, नितेश थापाले २, धिरज साही, कृष्ण कार्की र दुर्गेश गुप्ताले समान १-१ विकेट लिए।

रुपन्देहीका संदीप रजाली म्यान अफ द फाइनल भई ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे भने रुपन्देहीकै विक्रम भुसाल म्यान अफ द सिरीज भई १० हजार रुपैयाँ प्राप्त गरे। विजेता र उपविजेता टिमलाई नेपाल क्रिकेट संघका पूर्व केन्द्रीय सदस्य आशा गुरुङ लगायतले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु छनौट गरी माघ ३ गतेबाट काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनौट गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .