खेल


पल्सर स्पोर्ट्स अवार्डको ‘स्पेसल अवार्ड’ तेक्वान्दोकी आयशा र एथ्लेटिक्सकी सन्तोषीलाई

पल्सर स्पोर्ट्स अवार्डको ‘स्पेसल अवार्ड’ तेक्वान्दोकी आयशा र एथ्लेटिक्सकी सन्तोषीलाई

नेपालखबर
पुस २८, २०७७ मंगलबार १२:०,

तेक्वान्दोकी दोहोरो स्वर्णपदक विजेता आयशा शाक्य र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको स्पेसल अवार्डबाट सम्मानित भएका छन्।

नेपाल खेलकुद मञ्चले हरेक वर्ष उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई स्पेशल अवार्ड प्रदान गर्ने गर्दछ।

आमा बनेपछि खेल जीवनबाट टाढा रहेकी आयशाले दुई सन्तान जन्माएपछि सागमा दुई स्वर्ण जित्दै इतिहास कायम गरेकी थिइन्। ०७६ को वैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदमा कांस्य पदक जितेकी थिइन्।

सन्तोषीले सागमा एथलेटिक्समा १० हजार मिटर दौडमा स्वर्ण, आठौं राष्ट्रिय खेलकुदमा ५ हजार मिटर दौडमा स्वर्ण, १५ सय मिटर दौडमा रजत र १० हजार मिटर दौडमा कास्य पदक जितेकी थिइन्।

वीर गणेशमान सिंह १० किमी रोडरेसमा स्वर्ण, नेवाः च्यारिटी धरान १० किमी रनमा स्वर्ण, कान्तिपुर हाफ म्याराथन (२१ किमी) मा रजत पदक जितेकी थिइन्।

स्पेसल अवार्ड विजेता खेलाडीले जनही ५० हजार रुपैयाँ र अन्य गिफ्ट ह्याम्पर पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad