घरेलु मैदानमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णपदक विजेता गल्फका सुवास तामाङ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको ‘वर्ष युवा खेलाडी’ बनेका छन्।
सुवासले वर्ष खेलाडीको मनोनयनमा परेका तेक्वान्दोका भुपेन श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बु मादेनलाई पछि पार्दै वर्ष युवा खेलाडी बन्न सफल भएका हुन्।
वर्ष खेलाडी बनेका सुवासले ५० हजार रुपैयाँ र केल्मी नेपाल र डिस होमबाट अन्य गिफ्ट ह्याम्पर पाएका छन्।
सुवासले गतवर्ष भएको सागमा सुवासले व्यक्तीगत र समुहमा गरि दुई स्वर्ण पदक जितेका थिए। गल्फले सागमा पहिलो पटक स्वर्ण जिताएका थिए।
२०७६ को वैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदमा टिम स्पर्धामा रजत पदक जितेका थिए। यस्तै फाल्डो सिरिज छनोट ०७६ मा च्याम्पियन र सुर्य नेपाल प्रिमियर लिगमा च्याम्पिनय बनेका थिए।

प्रतिक्रिया