होबार्ट हुरिकेन्सबाट अहिले जारी खेल खेलिरहेका सन्दीपले पहिलो ओभरमै हिल्टन कार्टराइटलाई ८ रनमा खेलिरहँदा बोल्ड गरे।
त्यसपछि सन्दीपले बेन डुन्कको विकेट लिए। मेलबर्नविरुद्ध सन्दीपले ४ ओभरमा ३८ रन खर्चिएर २ विकेट लिएका हुन्।
चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले आज पूर्व क्लब मेलवर्न स्टार्सविरुद्ध पहिलो खेल खेलेका हुन।
क्वारेन्टिनमा रहँदा उहाँले हुरिकेन्सका शुरुआती छ खेल गुमाएका थिए।
हालसम्म खेलेका छ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हार निकालेको छ।
सन्दीप यसपाली तेस्रो पटक बिगबास लिग खेल्दैछन। यसअघि दुई यामको बिगबास उनले मेलवर्न स्टार्सबाट खेलेका हुन।
ती दुई याममा उनले कूल २० खेल खेल्दै २६ विकेट लिएका थिए।

प्रतिक्रिया