खेल


मेस्सीलाई अन्तराष्ट्रिय फुटबलमा तीन महिना प्रतिबन्ध

मेस्सीलाई अन्तराष्ट्रिय फुटबलमा तीन महिना प्रतिबन्ध

नेपालखबर
साउन १८, २०७६ शनिबार ६:३९,

मेस्सीले हालै सम्पन्न कोपा अमेरिका फुटबल प्रतियोगिता ’भ्रष्ट’ रहेको टिप्पणी गरेका कारण उनीमाथि प्रतिबन्ध लगाइएको हो।

अर्जेन्टिना र चिलीबीच तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धाका क्रममा रातो कार्ड देखाइएपछि मेस्सीले मैदान छोड्नु परेको थियो।

बार्सिलोनाबाट खेल्दै आएका ३२ वर्षीय मेस्सीले त्यसपछि प्रतियोगिताको उपाधि ब्राजिलका लागि पहिले नै सुरक्षित गरिएको टिप्पणी गरेका थिए।

प्रतिबन्धसँगै उनलाई दक्षिण अमेरिकी फुटबल सङ्घले ५० हजार अमेरिकी डलर पनि जरिवाना गरेको छ।

उक्त निर्णयविरुद्ध अपिल गर्न मेस्सीसँग एक हप्ताको समय छ। प्रतिबन्धका कारण आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेलमा सहभागी हुनबाट उनी वञ्चित हुनेछन्।

कोपा अमेरिका प्रतियोगिताको सेमिफाइनलमा ब्राजीलसँग २–० को अन्तरले पराजित भएपछि अर्जेन्टिनाको फुटबल सङ्घले उक्त खेलमा ’रेफ्रिले गम्भीर त्रुटि गरेको’ गुनासो गरेको थियो।

दक्षिण अमेरिकी फुटबल सङ्घले भने आफ्नो निष्ठामाथि लगाइएको आरोप ’निराधार’ रहेको टिप्पणी गरेको थियो।

“हामी यो भ्रष्टाचारको हिस्सा बन्न जरुरी छैन,“ मेस्सीले भनेका थिए। बीबीसी स्पोर्ट्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .