ad ad

समाज


असनको विहार बचाउन माग गर्दै १५ हजारको हस्ताक्षर

असनको विहार बचाउन माग गर्दै १५ हजारको हस्ताक्षर

नेपालखबर
साउन १८, २०७६ शनिबार ६:३७,

असनस्थित करिब ६०० वर्ष पुरानो कोथुननी विहार नभत्काउन माग गर्दै १५ हजार स्थानीयवासीको हस्ताक्षर संकलन गरिएको छ।

गुठी संस्थानले विहार भत्काएर भवन बनाउन खोजेपछि स्थानीयवासीलगायत गुठियार आन्दोलित छन्। हस्ताक्षर सङ्कलन समापन कार्यक्रमका अवसरमा सांसद भीमसेनदास प्रधानले मन्दिर, विहारजस्ता धार्मिक संरचना मासेर घर, भवनलगायत संरचना बनाउने काम बढ्न थालेकाले सम्पदा संरक्षणका लागि स्थानीयवासी लाग्नुपर्नेमा जोड दिए।

 ‘इन्डोनेसियाको बालीमा रहेका हिन्दू मन्दिरकै कारण वार्षिक लाखौँ पर्यटक घुम्न जाँदा रहेछन्, हिन्दू मन्दिरको त्यहाँ संरक्षण भएको छ, मन्दिरै मन्दिरको शहर काठमाडौँका मन्दिर, विहारजस्ता सांस्कृतिक सम्पदा मास्न खोजिँदैछ, यसलाई रोकेर पर्यटकीयस्थलका रुपमा विकास गरिनुपर्छ’, उनले भने।

कार्यक्रममा प्रदेशसभा सदस्य वसन्त मानन्धर, अभियानकर्मी उमेश स्थापित, असन कोथुननी बचाउ अभियानका संयोजक नमस्ते सायमीलगायतले भदौ ११ गते असनमा जम्मा भई जुलुससहित संकलित हस्ताक्षर गुठी संस्थानमा बुझाइने जानकारी दिएका थिए।

हस्ताक्षर काठमाडौँ महानगरपालिका र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत बुझाइने जनाइएको छ। संस्थानले विहार भत्काई भवन बनाउन ठेक्का लगाएपछि स्थानीयवासी आन्दोलित भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .