ad ad

खेल


पीएम कपः गण्डकी समूहचरणबाटै बाहिरियो, वाग्मतीको सेमिफाइनल सम्भावना कायमै

पीएम कपः गण्डकी समूहचरणबाटै बाहिरियो, वाग्मतीको सेमिफाइनल सम्भावना कायमै

नेपालखबर
पुस १५, २०७७ बुधबार ११:१६,

लगातार दोस्रो हार व्यहोर्दै गण्डकी प्रदेश, प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।

आज बुधबार भएको समूह बीको खेलमा गण्डकीलाई ६५ रनले पराजित गरेको बाग्मती प्रदेशले भने सेमिफाइनल प्रवेश गर्ने सम्भावना जीवितै राखेको छ।

लगातार दोस्रो जित निकालेको प्रदेश १, चार अंकमा अंकतालिकाको शीर्ष स्थानमा छ। समान २ अंक भएका वाग्मती र सुदुरपश्चिम रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छ। दुवै खेलमा पराजित गण्डकी भने अंकतालिकाको पुछारमा छ।

समूह चरणको अन्तिम खेलमा भोलि बिहीबार सुदूरपश्चिम र वाग्मती तथा गण्डकी र प्रदेश १ भिड्नेछन्। पहिलो खेलमा समान २ अंक भएका सुदूरपश्चिम र वाग्मतीमध्ये जुन टोलीले जित निकाल्नेछ सोही टोलीले सेमिफाइनल यात्रा तय गर्नेछ।

No description available.

वाग्मतीले दिएको १ सय ५४ रनको बलियो लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८८ रन मात्र जोड्न सक्यो। गण्डकीकी सृष्टी पौडेलले सर्वाधिक ३० रन जोडिन्। कप्तान शिला क्षेत्रीले २६ रन जोड्दा अन्य ब्याट्स वुमनले दोहोरो अंकको स्कोर छुन सकेनन्। वाग्मतीकी अश्मिना कर्माचार्य, सुमन खतिवडा, आरती विडारी र निशा तामाङले समान १ विकेट लिए।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकोे बाग्मतीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५३ रनको योगफल तयार पारेको थियो। वाग्मतीकी ओपनर विन्दा कटवालले सर्वाधिक ३८ रनको योगदान दिइन्।

राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी विन्दाले ५८ बलमा ३ चौका प्रहार गरिन्। सुमन खतिवडाले ३१ रन जोडिन्। गण्डकीकी एलिसा लामिछानेले २ लिईन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .