ad ad

कारोबार


शुक्रबारदेखि पुनः श्रम स्वीकृतिका लागि विभाग जानु नपर्ने, अनलाइनबाट कसरी दिने आवेदन?

शुक्रबारदेखि पुनः श्रम स्वीकृतिका लागि विभाग जानु नपर्ने, अनलाइनबाट कसरी दिने आवेदन?

नेपालखबर
पुस १५, २०७७ बुधबार ११:१७,

सरकारले शुक्रबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति दिने भएको छ।

लामो तयारीपछि शुक्रबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति दिने तयारी भएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए।

महानिर्देशक दाहालका अनुसार पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपालीले विदेशबाट समेत यस्तो सेवा लिन सक्नेछन्।

म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनबाटै श्रम स्वीकृतिका लागि आवेदन दिपर्ने उनले बताए। योसँगै विदामा नेपाल आएका र विदेशमै रहेको नेपालीले कार्यालयसम्म धाइरहनु पर्ने बाध्यताको अन्त्य भएको छ।

यसका लागि पहिलोपटक वैदेशिक रोजगार विभागबाट आँखाको स्क्यान वा औंठाछाप स्क्यान गरेर श्रम स्वीकृति लिएको भने हुनुपर्नेछ। श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार विभागको वेबसाइट dofe.gov.np को अनलाइन श्रम स्वीकृतिमार्फत फारम भर्नु पर्ने हुन्छ। श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन अस्वीकृत भएमा त्यसको कारणसहित मोबाइल र इमेलमा जानकारी जानेछ।

श्रम स्वीकृतिका लागि आवेदन दिँदाको युजरनेम र पासपोर्ट सुरक्षित राख्नुपर्नेछ। श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको feIMS को युजर एकाउन्ट र इमेल ठेगाना दुबैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुने भएकाले आवश्यकता अनुसार प्रिन्ट गर्न सकिनेछ।

म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत भुक्तानी गर्न सकिनेछ। अनलाइन भुक्तानी गर्दा थप शुल्क नलाग्ने विभागले जनाएको छ। अनलाइन सेवा सुरु भएसँगै सेवाग्राहीलाई सहज हुने महानिर्देशक दाहालको विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .