ती बच्चाहरुलाई ‘प्लेयर एस्कोर्ट’ भनिन्छ। ६ देखि १८ वर्षका बालबालिकालाई प्लेयर एस्कोर्ट चयन गरिएको हुन्छ।
क्लबदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा बच्चालाई खेलाडीसँगै मैदान प्रवेश गराउने फुटबल संस्कार भइसकेको छ।
सन् १९९० को दशकदेखि यो संस्कार सुरुवात भएको हो।
खासमा फुटबल खेलमा खेलाडीले बच्चाहरु आफूसँगै मैदान लानुको अर्थपूर्ण कारणहरु छन्।
खेलमा अनुशासन अपरिहार्य छ। खेलले मानिसलाई अनुशासनको दायरामा बस्न सिकाउँछ।
जानकारहरुका अनुसार फुटबल पनि अनुशासन अभ्यास गर्ने माध्यम हो। यसरी बच्चाहरुलाई मैदान प्रवेश गराउँदा खेलाडी र बच्चा दुवै अनुशासित हुने विश्वास गरिन्छ।
बच्चाहरु भविष्यका कर्णधार हुन्। हरेक बच्चाहरुलाई उचित शिक्षाको व्यवस्था हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता छ।

त्यस्तै किसिमका बालबालिकाको अधिकार र अभियानलाई साथ दिन पनि बच्चाहरुलाई खेलाडीले मैदान प्रवेश गराएर उनीहरुको आवाजलाई अझ बुलन्द बनाउन साथ दिएका हुन्।
खेलाडीहरुलाई बालबालिकाले आफ्नो प्रेरणाको स्रोत मान्दछन्। बच्चाहरुले खेलाडीलाई हेरिरहेका छन् र उनीहरुले जे गर्यो त्यही बालबालिकाले सिक्छन्।
त्यसैले नैतिकताको दायरामा खेलाडीलाई उभ्याउन पनि बच्चाहरुलाई मैदान प्रवेश गराइन्छ।
सन् २०१५ मा भने एज्याक्स एम्सटरड्याम क्लबले प्लेयर एस्कोर्टमा बच्चाहरु लगेका थिएनन्।
आमाको मुख हेर्ने दिनमा उनीहरुले आफ्नी आमालाई सम्मान स्वरुप बच्चालाई जसरी हात पक्रिएर मैदान प्रवेश गराएका थिएl एजेन्सीको सहयोगमा


प्रतिक्रिया