राजनीति


नेपालको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न दिल्ली उडे भारतीय राजदूत

नेपालको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न दिल्ली उडे भारतीय राजदूत

नेपालखबर
पुस ११, २०७७ शनिबार ७:२५,

नेपालमा राजनीति घटनाक्रम तीव्र रुपमा विकास भइरहेका बेला नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा परामर्शमा लागि दिल्ली उडेका छन्।

विमानस्थलस्थित सुरक्षा स्रोतका अनुसार राजदूत क्वात्रा शनिबार बिहान साढे ११ बजेको नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका हुन्। पछिल्लो १५ दिनको अवधिमा राजदूत क्वात्रा दोस्रो पटक दिल्ली उडेका हुन्।

‘१५ दिनअघि मात्रै क्वात्रा नेपालसम्बन्धी अन्तरिक छलफलमा भाग लिन दिल्ली पुगेका थिए। अहिले पनि नेपालमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम बारे छलफल गर्न जान लागेका हुन्’, स्रोतले भन्यो।

दुई साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य उच्च सरकारी अधिकारी, नेपालका लागि पूर्व भारतीय राजदूतहरु, थिंक ट्याङकका प्रतिनिधिबीच नेपालको विषयमा छलफलमा सहभागी हुन क्वात्रा दिल्ली गएका थिए।

राजदूत क्वात्राको दिल्ली प्रस्थानका विषयमा भारतीय दूतावासले केही बताउन चाहेन। भारतले नेपालमा विकसित भएको घटनाक्रमलाई आन्तरिक मामिला भएको जनाएको छ।

‘नेपालमा हालै भएको राजनीतिक घट्नाक्रमलाई हामीले ध्यान दिएका छौँ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित पत्रकार सम्मेलनमा भनेका थिए, ‘यी विषय नेपाल आफैँले उसको लोकतान्त्रिक अभ्यासअनुसार निर्णय गर्ने आन्तरिक मामिला हुन्।’ भारतले नेपालको शान्ति र विकासमा सहयोग जारी राख्ने पनि उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नयाँ जनादेशमा जाने घोषणा गरेसँगै छिमेकी देशहरुको चासो बढेको छ। सत्तारुढ दल नेकपा देखिएको विवादका कारण विभाजित हुन पुगेको छ।

नेपालमा विकसित भएको पछिल्लो घटनाक्रमको बारेमा जानकारी लिन चिनियाँ कम्युनिष्ट पार्टीका एक नेता आइतबार नेपाल आउँदैछन्।

याे पनि : चिनियाँ कम्युनिष्ट पार्टीका उपमन्त्री आउँदै, नेकपा विभाजनपछि चीनबाट पहिलो भ्रमण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad