कर्णाली प्रदेशले पनि यही पुस ११ बाट आयोजना हुने प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको लागि टोली घोषणा गरेको छ।
प्रतियोगिताको लागि कर्णाली प्रदेशले लक्ष्मी रिमालको कप्तानीमा १४ खेलाडी छनौट गरिएको जानकारी दिएको हो।
टोलीमा लक्ष्मी रिमाल (कप्तान), अन्शु शाक्य (उपकप्तान), श्वेता थापा, दीक्षा पुरी, लक्ष्मी पुरी, दिपा राना, तृसना विश्वकर्मा, आयुशा टन्डन, निशा पराजुली, बिना गाहामगर, अन्जिला थापा क्षेत्री, मोनिका राना, अन्जु गुरुङ र सुजाता बोगटी रहेका छन्।
त्यस्तै, वैकल्पिकतर्फ शर्मिला ज्ञवाली, खिना केसी छन् भने टिम मेनेजर भुवन कोइराला र टिम कोच रोशन शाही रहेका छन्।
24
Shares

प्रतिक्रिया