समाज


वडाअध्यक्ष र सेवाग्राहीबीच घुसको वार्गेनिङ गराउने लेखनदासविरुद्ध भ्रष्टाचार मुद्दा

वडाअध्यक्ष र सेवाग्राहीबीच घुसको वार्गेनिङ गराउने लेखनदासविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
पुस ९, २०७७ बिहिबार ११:३२,

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका वडा नं. १४ का लेखनदास रबिन्द्रप्रसाद यादव उपर भ्रष्टाचार सम्बन्धी आरोप-पत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखनदास यादवविरुद्ध दुई लाख रुपैयाँ विगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सेवाग्राही र वडाअध्यक्ष गोपाल डिस्वा मगरबीच भएको रकमको वार्गेनिङ सम्बन्धमा आयोगलाई जानकारी दिई सरकारी साक्षीका रुपमा काम गरेकाले पहिला उनलाई सबै सजाय छुट गरिएपनि अदालतमा झुट बोलेर आयोगलाई असहयोग गरेको भन्दै उनीविरुद्ध मुद्दा चलाइएको आयोगले जनाएको छ।

दुई लाख रुपैयाँ विगो कायम गरिएका रबिन्द्रप्रसाद यादव राष्ट्रसेवकभन्दा वाहेक अन्य व्यक्ति भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम हुने सजायको आधा सजाय हुन मागदावी लिई आरोपपत्र दायर गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad