अर्जेन्टिनाको एक अदालतले चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको शव गाड्न रोक लगाएको छ।
बीबीसीका अनुसार पितृत्व मामिलामा अनुसन्धान गर्न उनको डीएनए परीक्षण गर्न आवश्यक हुन सक्ने भन्दै अदालतले शव सुरक्षित राख्न भनेको हो।
गत महिना हृदयाघातका कारण ६० वर्षीय म्याराडोनाको निधन भएको थियो।
२५ वर्षीया मगाली गिल नामकी युवतीले म्याराडोना आफ्ना पिता भएको दाबी गर्दै मुद्दा हालेकी छन्।
यसै कारण अदालतले म्याराडोनाको डीएनए परीक्षण गर्न चाहेको हो।
विवाहपछि म्याराडोनाका दुई छोरी भएका छन्, तर सम्बन्ध विच्छेदपछि उनले आफू अरू ६ बच्चाको बाबु भएको स्वीकार गरेका थिए।

प्रतिक्रिया