ad ad

खेल


लिभरपुलले शीर्षमा उक्लने मौका गुमायो

लिभरपुलले शीर्षमा उक्लने मौका गुमायो

नेपालखबर
मंसिर २९, २०७७ सोमबार २:२,

साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिगको अंक तालिकाको शीर्षमा उक्लने मौका गुमाएको छ।

जितले शीर्ष स्थानमा उक्लने मौका भएपनि फुल्हमसँग आइतबार राति १–१ को बराबरीमा रोकिएपछि लिभरपुलले शीर्षमा उक्लने मौका गुमाएको हो।

बराबरीसँगै लिभरपुल दोस्रो स्थानमा यथावत छ। मोहम्मद सलाहले ७९औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै लिभरपुलका लागि अंक जोडेका थिए।

त्यसअघि २५औं मिनेटमा फुल्हमले बोबी डी कोर्डोभाको गोलमा अग्रता लिएको थियो। घरेलु टोली फुलहमले अन्य मौका पनि श्रृजना गरेको थियो तर लिभरपुलका गोलरक्षक आलिसनले उत्कृष्ट प्रदर्शन गर्दै थप गोल हुन दिएनन।

खेलपछि लिभरपुल १२ खेलमा २५ अंक जोड्दै दोस्रो स्थानमा यथावत छ। त्यति नै अंक भएको टोटनहम गोलअन्तरको आधारमा शीर्षमा छ। फुल्हम भने ८ अंकका साथ रेलिगेसन जोनमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .