नेपालले खेलिरहेको फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको स्थगित खेल आगामी मार्चमा हुने भएको छ।
कोरोना भाइरसको महामारीका कारण स्थगित भएको दोस्रो चरणको खेल मार्चमा सुरु गर्ने एसियाली फुटबल महासंघ (एएफसी)ले जनाएको छ।
सबै ‘अवे म्याच’ खेलिसकेको नेपालले घरेलु मैदानमा चाइनिज ताइपेईले आगामी मार्च २५ मा खेल्नेछ। अष्ट्रेलियासँगको खेल मार्च ३० र समूह चरणको अन्तिम खेल जुन ७ मा जोर्डनसँग खेल्नेछ।
समूह बीमा रहेको नेपालले ३ वटा खेल घरेलु मैदानमा खेल्न बाँकी छ। सबै खेल दशरथ रगंशालामा हुनेछ।
घरेलु मैदानमा हुने भनिएको कुवेतसँगको खेल भने नेपालले तटस्थ भूमिका रुपमा भुटानमा खेलेको थियो। जुन खेल नेपालले १–० ले गुमाएको थियो।
3
Shares

प्रतिक्रिया