ad ad

खेल


१३औँ सागमा खेलकुद पूर्वाधारमै २ अर्ब ८६ करोड खर्च

१३औँ सागमा खेलकुद पूर्वाधारमै २ अर्ब ८६ करोड खर्च

नेपालखबर
मंसिर १४, २०७७ आइतबार ८:३७,

१३औँ दक्षिण एसियाली खेलकुद साग आयोजना गर्दा पूर्वाधारकै लागि हालसम्म २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गत वर्ष सम्पन्न सागको सबै खर्च विवरण सार्वजनिक गर्ने क्रममा पूर्वाधारमै उक्त रकम खर्च भएको जनाएको हो।

राखेपका सदस्यसचिव रमेश कुमार सिलवालले आइतबार पत्रकार सम्मेलन गर्दै साग आयोजना गर्दा आर्थिक वर्ष २०७६÷०७७ मा मात्र १ अर्ब ७५ करोड ७५ लाख ६३ हजार ९ सय ७५ रुपैयाँ खर्च भएकोे बताए।

साग सकिएको १ वर्षपछि सदस्यसचिव सिलवालले पत्रकार सम्मेलन गर्दै आयव्यय सार्वजनिक गरेका हुन्।

सागका लागि दशरथ रगंशाला पुनर्निर्माणका लागि ३१ करोड ६३ लाख ३२ हजार १९ रुपैयाँ २७ पैसा खर्च भएको छ। रगंशालाका लागि हालसम्म ६८ करोड १ लाख ५६ हजार खर्च भएको छ।

यो पनि : १३औँ साग खेलकुदको १ वर्षपछि खर्च विवरण सार्वजनिक, कुल खर्च १ अर्ब ३७ करोड

यस्तै हिटिङ पौडी पोखरीका लागि हालसम्म २२ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ। सातदोबाटोस्थित स्वास कोर्टका लागि ७ करोड ८० लाख, तेक्वान्दो तथा कराते एकेडेमी निर्माण गर्न १४ करोड ५० लाख खर्च भएको छ।

लनटेनिस कोर्टका लागि ३ करोड ९३ लाख, लैनचौर कभर्डहल मर्मत गर्न ३२ लाख ३ हजार ४ सय ४ रुपैयाँ, कीर्तिपुर क्रिकेट मैदान तथा कभर्डहलका लागि ३३ करोड ८१ हजार १ सय १ रुपैयाँ खर्च भएको छ।

पोखरा रंगशाला निर्माण गर्न १ अर्ब ४ करोड ५६ लाख ८८ हजार ४ सय ६८ रुपैयाँ, पोखरा साग भेन्यु निर्माण ४ करोड ६० लाख, जनकपुरको धनुषा कभर्डहल मर्मतका लागि ३५ लाख रुपैयाँ खर्च भएको छ। च्यासल रंगशाला निर्माणका लागि २६ करोड ५६ लाख रुपैयाँ खर्च भएको छ।

यो पनि:
ब्याडमिन्टन सामग्री खरिद अनियमितता छानविन : चारजना दोषी, श्रेष्ठसँग ५ लाख बढी असुल्न सिफारिस (दस्तावेजसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .