क्यारी लामको बैंक अकाउन्ट छैन, सबै कारोबार नगदमा गर्छिन्

क्यारी लामको बैंक अकाउन्ट छैन, सबै कारोबार नगदमा गर्छिन्

नेपालखबर
मंसिर १४, २०७७ आइतबार ८:२६,

बैंक अकाउन्ट नभएकै कारण आफूले सबै कारोबार नगदमा गर्ने गरेको उनको भनाइ छ।

हाल अहिले उनले घरमा धेरै नगद थुपारेर राख्नु परेको पनि बताएकी छिन्। सरकारले समेत आफूलाई नगदमै तलब दिने गरेको उनको भनाइ छ।

अमेरिकी ट्रेजरी विभागले लाममाथि प्रतिबन्ध लगाएका कारण उनको बैंकिङ कारोबार ठप्प भएको बताइएको छ।

हङकङमा मुख्यक्षेत्र चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि लामको आर्थिक कारोबारमा अमेरिकाले प्रतिबन्ध लगाएको हो।

लाम हङकङको स्वतन्त्रता खोसिनुमा जिम्मेवार भएको अमेरिकी ठहर छ। हङकङकी कार्यकारी प्रमुख लाम विश्वमै सबैभन्दा बढी तलब लिने नेता भएको बताइन्छ।

बीबीसीका अनुसार उनले महिनामा ६ लाख ७० हजार अमेरिकी डलर तलब प्राप्त गर्छिन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .