नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ।
सन्दीपले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहँदा गरिएको परिक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो।
आफूलाई शरिरमा दुखाई रहेको र सुधारका क्रममा रहेको उनले उल्लेख गरेका छन। उनी होम आइसोलेसनमा छन्।
— Sandeep Lamichhane (@Sandeep25) November 27, 2020Hi Everyone, Greetings to all.
Its my sincere duty to tell you all that I have been tested positive for COVID-19. I had some body aches since Wednesday. But my health is improving a little bit now. If all goes well, I will return to the field again. Keep me in your prayers.🙏
प्रशिक्षण अघि गरिएको परीक्षणमा राष्ट्रिय टोलीका कप्तानकप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको रिपोर्ट पनि पोजेटिभ आएको थियो।
उनीहरुको शुक्रबार भएको दोस्रो टेस्टमा भने नतिजा नेगेटिभ आइसकेको छ। शनिबारदेखि उनीहरु बन्द प्रशिक्षणमा सहभागी हुनेछन।
प्रतिक्रिया