ad ad

खेल


आईसीसीको अध्यक्षमा न्युजिल्यान्डका ग्रेग बार्कले निर्वाचित

आईसीसीको अध्यक्षमा न्युजिल्यान्डका ग्रेग बार्कले निर्वाचित

नेपालखबर
मंसिर १०, २०७७ बुधबार ८:२१,

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को अध्यक्षमा न्युजिल्यान्डका ग्रेग बार्कले निर्वाचित भएका छन्।

पहिलो चरणमा बहुमत नपुगेपछि दोस्रो चरणमा भएको निर्वाचनमा बार्कले इमरान खवाजालाई पराजित गर्दै आईसीसीको अध्यक्ष बनेका हुन्।

पूर्वअध्यक्ष शशांक मनोहरको कार्यकाल गत जुलाईमा सकिएपछि आईसीसीले इमरान खवाजालाई अन्तरिम अध्यक्षको जिम्मेवारी सुम्पिएको थियो।

पहिलो चरणमा बार्कलेले १० र इमरान खवाजाले ६ भोट पाएका थिए। दोस्रो चरणमा क्रिकेट साउथ अफ्रिकाले बार्कलेलाई भोट दिएपछि उनी अध्यक्षमा निर्वाचित भएका हुन्।

बार्कलेले सन् २०१२ देखि न्युजिल्यान्ड क्रिकेटको निर्देशकको रुपमा काम गरेका थिए। पेशाले वकिल रहेका बार्कलेले सन् २०१५ मा आईसीसी एकदिवसीय विश्वकप प्रतियोगितामा निर्देशकको रुपमा समेत काम गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .