एनगोलो कान्टेको निर्णायक गोलमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स यूईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार राति भएको खेलमा फ्रान्ससँग १–० ले पराजित हुँदै साविक विजेता पोर्चुगल समूह चरणबाटै बाहिरिएको हाे।
अब फ्रान्सले अन्तिम खेलमा क्रोएसियाको सामना गर्दै छ।
गएरातिकै खेलमा क्रोयसिया स्विडेनसँग २–१ ले पराजित भएकाे छ।
५ खेलमा ४ जित र १ बराबरी गर्दै फ्रान्सले १३ अंक जोडेको छ। समान खेलबाट पोर्चुगल १ हार, ३ जित र १ बराबरीसहित १० अंकमा छ। क्रोएसिया र स्विडेनको समान ३ अंक छ। अंक तालिकाको पुछारमा रहने टोली रेलिगेसनमा पर्नेछ।
मिडफिल्डर एनगोलो कान्टेले खेलको ५३औं मिनेटमा गोल गर्दै टोलीलाइ अग्रता दिलाएका थिए।
गएराति नै स्पेनका कप्तान सजिर्यो रामोसले किर्तिमानी कायम गरेको खेलमा स्विटजरल्यान्डसँग १–१ को बराबरी गरेको छ।
स्पेनका लागि १ सय ७७औं खेल खेलेका उनले २ पेनाल्टी चुकाँदा स्पेन बराबरी गर्न बाध्य भएको हो। रामोस राष्ट्रिय टोलीबाट धेरै खेल खेल्ने युराेपेली खेलाडी बनेका छन्।
अर्को खेलमा स्विडेनले क्रोयसिलाइ २–१ ले, जर्मनीले युक्रेनलाइ ३–१ को फराकिलो अन्तरले पाखा लगायो।

प्रतिक्रिया