खेल


आईपीएल: मुम्बईले पाचौँ पटक जित्यो उपाधि, इतिहास रच्नबाट चुक्यो दिल्ली

आईपीएल: मुम्बईले पाचौँ पटक जित्यो उपाधि, इतिहास रच्नबाट चुक्यो दिल्ली

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार १७:५४,

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को उपाधि मुम्बई इन्डियन्सले जितेको छ। मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले लगातार दोश्रो पटक उपाधि जितेको हो। योसँगै मुम्बईले कीर्तिमानी पाचौँपटक उपाधि जितेको हो।

आईपीएलको इतिहासमा लगातार दुई पटक उपाधि रक्षा गर्ने दोस्रो टोली पनि मुम्बई बन्यो। यसअघि चेन्नई सुपर किङ्सले पनि लगातार दुई पटक उपाधि जितेको थियो।

फाइनलमा दिल्लीले दिएको १५७ रनको मध्यम लक्ष्य मुम्बईले ८ बल बाँकी छँदै ५ विकेट गुमाएर पुरा ग¥यो। मुम्बईका कप्तान रोहित शर्माले सर्वाधिक ६८ रन जोड्दा इशान किसनले ३३ र क्विन्टन डी ककले २० रनको योगदान गरे।

यसअघि टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५६ रन जोडेको थियो।

दिल्लीका लागि कप्तान श्रेयस ऐयरले नटआउट ६५ र ऋषभ पन्तले ५६ रन बनाए। शिखर धवनले १५ रन बनाउनु बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन्।

खराब सुरुवात गरेको दिल्लीलाई कप्तान ऐयर र पन्तले सम्हाल्दै सम्मानजनक योगफलतर्फ लगे पनि उपाधि दिलाउन असफल रहे। मुम्बईका लागि टे«न्ट बोल्टले ३, नाथन कुल्टर नाइलले २ र जयन्त यादवले एक विकेट लिए।

पहिलोपटक सन् २०१० को संस्करणमा फाइनल पुगेर पराजित भएपनि त्यसयताका पाँचवटै फाइनलमा विजयी भएको छ।

मुम्बईपछि सर्वाधिक उपाधि जित्ने टोलीका रुपमा चेन्नई सुपर किङ्स छ। उसले तीनपटक उपाधि जितेको छ। दिल्ली पहिलोपटक फाइनल पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad