क्यानडामा जारी ग्लोबल क्यानडा टि–२० लिग खेल्न सन्दीप र सोमपाल आइतबार राति सिंगापुरबाट क्यानडा प्रस्थान गर्ने भएका हुन्।
हाल दुबै जना आइसीसी टि–२० विश्वकपको एसिया छनौटका लागि नेपाली टोलीसँगै सिंगापुरमा छन्।
सन्दीपलाई टोरोन्टो नेशनल्सले यस सिजनमा ६० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। यस्तै सोमपाललाई विनिपेग हक्सले ३ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो।
पहिलो भिडन्त टर्यो
सन्दीप र सोमपाल दुबै सोमबार बिहान क्यानाडा पुग्ने कार्यतालिका छ। त्यसदिन उनीहरु आराम गर्नेछन् भने मंगलबारबाट प्रतियोगिताका लागि उपलब्ध हुनेछन्।
सन्दीप र सोमपाल क्यानाडा पुगेर आराम गर्ने दिन नै यी दुईका टोलीहरु एक आपसमा भिड्दैछन्। सोमबार सन्दीपको टोरोन्टो र सोमपालको विनिपेग एकआपसमा भिड्न लागेका हुन्। तर, उक्त भिडन्तमा सन्दीप र सोमपाल दुबै टोलीमा उपलब्ध नहुने भएका छन्।
सन्दीपको टोरोन्टो उद्घाटन खेलमा पराजित भएको थियो भने दोस्रो खेल भने जितेको थियो। टोरोन्टोको आगामी खेल सोमबार छ।
यस्तै सोमपालको विनिपेग पहिलो खेलमा मोन्ट्रोरियल टाइगर्सबाट पराजित भएको थियो। विनिपेगको अर्को खेल आइतबार भेन्कुवभर नाइट्ससँग छ। सोमबार विनिपेगले सन्दीपको टोरोन्टोको सामना गर्नेछ। यी दुबै खेलमा सोमपाल उपलब्ध हुनेछैनन्।
अंकतालिकामा दुई खेल खेलेको सन्दीपको टोरोन्टो एकमा जित र एकमा हारसहित २ अंक जोडेर तेस्रो स्थानमा छ। यस्तै एक खेलमा हार ब्यहोरेको सोमपालको विनिपेग पुछारमा छ।
प्रतिक्रिया