अल्भारो मोराटाको दुई गोल मद्दतमा यूभेन्ट्सले च्याम्पियन्स लिगको पहिलो खेलमा डाइनामो किभलाई २–० गोलअन्तरले पराजित गरेको छ।
मंगलबार राति भएको खेलको ४६ औं मिनेटमा मोराटाले डिजेन कुलुसेभेस्कीको पासमा गोल गर्दै यूभेन्ट्सलाई अग्रता दिलाएका थिए।
यस्तै ८४औं मिनेटमा जुवान कोउड्रडोको पासमा मोरोटाले हेडरमार्फत दोस्रो गोल गर्दै यूभेन्ट्सलाई जित दिलाए।
कोरोनाभाइरस संक्रमणका कारण आइसोलेसनमा रहेका कारण यूभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने खेलमा उपस्थित थिएनन।
प्रतिक्रिया