मार्कुस रासफोर्डले ८७औं मिनेटमा निर्णायक गोल गरेपछि च्याम्पियन्स लिग अन्तर्गत समूहको पहिलो खेलमा मंगलबार राति म्यानचेस्टर यूनाइटेडले पेरिस सेन्ट जर्मन(पीएसजी)लाई २–१ गोलअन्तरले पराजित गरेको छ।
त्यसअघि २३ औं मिनेटमा ब्रुनो फर्नान्डेजले यूनाइटेडलाई अग्रता दिलाएका थिए। तर ५५ औं मिनेटमा एन्थोनी मार्सिएलले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुगेको थियो। पाउल पोग्बाको पासमा रासफोर्डले निर्णायक गोल गर्दै यूनाइटेडलाई ३ अंक दिलाएका हुन।
पछिल्लो २५ खेलयता च्याम्पियन्स लिगको होम खेलमा पराजय भोगेको पीएसजीले यो नै पहिलोपल्ट हो। २००४ यता पीएसजी घरेलु मैदानमा हारेको थिएन।
च्याम्पियन्स लिगमा यूनाइटेडले यस खेलसँगै ९ वटा आत्मघाती गोल गरिसक्यो। जुन अन्य टोलीको भन्दा सबैभन्दा बढी हो।
3
Shares
प्रतिक्रिया