किग्स एलाभेन पञ्जाबका ओपनिङ ब्याट्सम्यान क्रिस गेल रोयल च्यालेन्जर्सविरुद्धको खेलमा उपलब्ध हुने भएका छन्।
पेटमा समस्या आएपछि अस्पताल भर्ना भएका गेल भोलि शारजहा क्रिकेट मैदानमा हुने खेलमा मैदान उत्रिने भएका हुन्।
लेफ्ट ह्यान्डेड ब्याट्सम्यान गेल अहिले टोलीसँगको प्रशिक्षणमा सहभागी भएका छन्।
पञ्जावले ट्विट गर्दै भनेको छ, ‘समर्थकहरुको पर्खाइ सकिएको छ, युनिभर्स बोस इज ब्याक, मलाई थाहा छ। लामो समयदेखि तपाईंहरु पर्खिरहनुभएको थियो। पर्खाइको घडी सकिएको छ।’
पञ्जाव ६ खेलमा हार र १ मा जित निकाल्दै २ अंकसँगै तालिकाको पुछारमा छ।

प्रतिक्रिया