खेल


यूईएफए नेसन्स लिग : जर्मनी र स्विट्जरल्यान्ड बराबरी, स्पेन युक्रेनसँग पराजित

यूईएफए नेसन्स लिग : जर्मनी र स्विट्जरल्यान्ड बराबरी, स्पेन युक्रेनसँग पराजित

नेपालखबर
असोज २८, २०७७ बुधबार २:१६,

यूईएफए नेसन्स लिगमा जर्मनी र स्विट्जरल्यान्डले बराबरी खेल्दै अंक बाँडेका छन्।

घरेलु मैदानमा २ पटकसम्म पछि परेको स्थिति उल्ट्याउँदै जर्मनीले ३–३ गोलको बराबरी गर्दै अंक खोसेको हो।

गएराति भएको खेलमा जर्मनीका लागि टिमो वेर्नर, काई हार्भटज र सर्ज जिनाब्रीले गोल गरे। स्वीट्जरल्यान्डका लागि मारियो गाभारानोभिकले दुई गोल तथा रेमो फ्रिउलेरले एक गोल थपे।

खेलको पाँचौँ मिनेटमा जर्मनी १–० ले पछि परेको थियो। २७औं मिनेटमा २–० ले पछि परेको स्थितिमा जर्मनीका टिमो वेर्नरले गोल गर्दै जर्मनीलाई २–१ को अवस्थामा ल्याए। काई हार्भटजले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

मारियो गाभारानोभिकले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि स्विट्जरल्यान्ड ३–२ को अग्रता लिन सफल भएकाे हाे।

६०औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए।

गएराति नै भएको लिग ४ को अर्को खेलमा स्पेन युक्रेनसँग पराजित भएको छ। युक्रेनको घरेलु मैदानमा स्पेन १–० गाेल अन्तरले हारेकाे हाे।

घरेलु टोलीका भिक्टोर टिसीगान्कोभले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बनेकाे हाे। योसँगै युक्रेनले गत महिना भोगेको हारको बदला लिएको छ।

अघिल्लो महिना युक्रेन स्पेनसँग ४–० ले पराजित भएको थियो।

गएराति नै भएको लिग सी-१ को खेलमा अजरवैजान र साइप्रसले गोलरहित बराबरी गर्दा लब्जेवर्गले मोन्टेनग्रोलाइ २–१ ले हराएकाे छ।

लिग डी-१ को खेलमा माल्टाले लात्भियालाइ १–० ले तथा आइल्यान्डले एन्डोरालाई २–०ले पाखा लगाएका छन्। लिग डी-२ मा लिचेस्टाइन र सान मारिनोले गोलरहित बराबरी खेलेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad