ad ad

खेल


आईपीएल : उपाधिको दाबेदार दिल्लीलाई अर्को ठूलाे झट्का

आईपीएल : उपाधिको दाबेदार दिल्लीलाई अर्को ठूलाे झट्का

नेपालखबर
असोज २७, २०७७ मंगलबार २:२७,

इन्डियन प्रिमियर लिग (आईपीएल) १३औं सिजनको पहिलो चरण सकिएकोे छ। लिगमा सहभागी सबै टोलीले ७-७ खेल खेलिसकेका छन्।

अहिलेसम्मको प्रर्दशनअनुसार नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स ५ खेलमा जित हासिल गर्दै अंक तालिकाको दोस्रो स्थानमा छ। समान जितबाट नेटरनरेटका आधारमा मुम्बइ इन्डियन्स शीर्ष स्थानमा छ।

यो सिजनमा दिल्लीलाई उपाधिको बलियाे दाबेदारका रुपमा हेरिएको छ। तर यहीबीच दिल्लीलाई अर्को ठूलो झट्का लागेको छ।

गत साता मात्र मुख्य लेग स्पिनर अमित मिश्रा बाहिरिएकाे दिल्लीकाे टाेलीबाट अर्का तीव्र गतिका बलर इशान्त शर्मा पनि निस्किएका हुन्। 

ishanta

टोलीले यो कुुराको आधिकारिक जानकारी नदिए पनि इशान्तले आईपीएलको गभर्निङ काउन्सिललाइ पत्र लेखेर आफ्नो रिप्लेसमेन्टको माग गरेको भारतीय सञ्चारमाध्यममले जनाएका छन्।

उनले यो सिजन १ मात्र खेल खेल्न पाएका छन्। सनराइजर्स हैदरावादविरुद्धको खेलमा उनी घाइते भएका थिए। त्यसपछि टोलीले हर्ष पटेललाइ समेटेको थियो।

न्युज एजेन्सी एएनआईका अनुसार इशान्तले रिप्लेसमेन्टका लागि आईपीएल गभर्निङ काउन्सिललाई मेल पठाएकाे एक अधिकारीले पुष्टि गरेका हुन्।

दिल्ली क्यापिटल्स पछिल्लो समय चोटबाट गुज्रिरहेको छ। काँधमा चोट बोकेका अश्विनपछि दिल्लीकै अर्का खेलाडी अमित मिश्रा पनि घाइते भएका थिए। यहीबीच ऋषभ पन्त पनि मासंपेशीको समस्याबाट पीडित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .