ad ad

खेल


डिभिलियर्सको तुफानी ब्याटिङसँगै कोलकत्तामाथि बैंग्लोरको सानदार जित

डिभिलियर्सको तुफानी ब्याटिङसँगै कोलकत्तामाथि बैंग्लोरको सानदार जित

नेपालखबर
असोज २७, २०७७ मंगलबार ०:४४,

एबी डिभिलियर्सले तुफानी ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग(आइपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले कोलकत्ता नाइट राइडर्समाथि ८२ रनको सानदार जित निकालेको छ।

बैंग्लोरले दिएको १९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११२ रन बनायो। बैंग्लोरको ठूलो लक्ष्यमा डिभिलियर्सले ३३ बलमा ७३ रनको तुफानी पारी खेले।

योसँगै ७ खेलमा ५ जित हात पारेको बैंग्लोर तेस्रो स्थानमा उक्लिएको छ। शीर्षमा रहेको मुम्बई इन्डियन्स र दोस्रोमा रहेको दिल्ली क्यापिटल्ससँग समान १० अंक भएपनि बैंग्लोर रनरेटका आधारमा तेस्रो स्थानमा छ।

१९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताका सबै खेलाडी दबाबमा देखिए। शुभमन गिल ३४ बाहेक अन्य खेलाडीको प्रदर्शन सम्झनलायक रहेन। त्यसबाहेक आन्द्रे रसेल र राहुल त्रिपाठीले समान १६–१६ रन बनाए।

बैंग्लोरका वासिन्टर सुन्दरले ४ ओभरमा २० रन दिएर २ विकेट लिए। यस्तै युजभेन्द्र चाहलले ४ ओभरमा १२ रनमात्रै दिएर एक विकेट लिए।

त्यसअघि डिभिलियर्सले ३३ बलमा ५ चौका र ६ छक्काको मद्दतमा ७३ रनको तुफानी पारी खेलेपछि बैंग्लोरले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १९४ रन बनाएको थियो।

बैंग्लोरका कप्तान विराट कोहलीले ३३ रन जोडे। तेस्रो विकेटका लागि विराट र डिभिलियर्सले १०० रनको साझेदारी गर्दै टोलीलाई उक्त स्कोरमा पुर्याएका थिए।
त्यसबाहेक उसका आरोन फिन्चले ३७ बलमा ४७ र देवदत्त पाडिक्कलले २३ बलमा ३२ रन जोडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .