ad ad

खेल


भारतीय आईलिग छनोटको पहिलो खेलमै अभिशेकलाई मौका, टोलीको विजयी सुरुवात

भारतीय आईलिग छनोटको पहिलो खेलमै अभिशेकलाई मौका, टोलीको विजयी सुरुवात

नेपालखबर
असोज २२, २०७७ बिहिबार १६:५,

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवर्ड अभिषेक रिजाल सम्मिलित मोहमडन सपोर्टिङ क्लबले आई लिग छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

भारतको कोलकातास्थित कल्याणी रंगशालामा भएको खेलमा मोहमडनले घरवाल फुटबल क्लबलाई १–० ले पराजित गर्यो। दोस्रो हाफको अतिरिक्त समयमा मुनमुन लुगुनले निर्णायक गोल गरे।

खेलमा आक्रामक रणनीतिका साथ उपस्थित मोहमडनले ८२ औं मिनेटमा नेपाली फरवार्ड अभिषेक रिजाललाई मैदान प्रवेश गराएको थियो।

छनोटको पहिलो खेलमा अभिषेकले १२ मिनेट मैदानमा बिताए। अभिषेकलाई मोहमडनले सेन्टर फरवार्डको भूमिका दिएको थियो।

बिहिबार नै भएको अर्को खेलमा भवानीपुर क्लबले बेंगलुरु युनाइटेडलाई २–० ले पराजित गर्यो। सिंगल राउन्ड रोबिन लिगपछि शीर्ष स्थानमा रहने टोलीले अर्को सिजन आइलिग खेल्नेछ। नेपालका अर्का फरवर्ड राजेश परियारले अहमदाबाद र्याकेट एकेडेमी फुटबल क्लबबाट खेल्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .