अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बुधबार राति जर्मनी र टर्कीले ३–३ गोलको बराबरी खेलेका छन।
केनन कारामनले इन्जुरी समयको चौथो मिनेटमा गोल गरेपछि टर्की हारबाट जोगिएको हो।
त्यसअघि पहिलो हाफको थपिएको समयमा गोल गर्दै जुलियन ड्राइजलेरले जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए।
दोस्रो हाफको सुरुवातमै ओजन टुफानले बराबरी गोल फर्काए।
यस्तै ५८ औं मिनेटमा फ्लोरिन नुहाउसको गोलसँगै जर्मनीले पुनः अग्रता लियो।
६७औं मिनेटमा टर्कीका इफकेन काराकाले गोल गर्दै खेललाई पुनः २–२ को बराबरीमा ल्याए।
८१ औं मिनेटमा लुका वोल्ड्सस्किचमिन्डटको गोलसँगै जर्मनी ३–२ को अग्रता सहित जिन नजिक पुगेको थियो।
तर इन्जुरी समयमा केनानको गोलसँगै खेल बराबरीमा टुंग्गियो।

प्रतिक्रिया