ad ad

खेल


पहिलो चरणमा जितेकी सेरेनाले फ्रेन्च ओपनका बाँकी खेल नखेल्ने

पहिलो चरणमा जितेकी सेरेनाले फ्रेन्च ओपनका बाँकी खेल नखेल्ने

नेपालखबर
असोज १४, २०७७ बुधबार ११:२७,

तीन पटककी फ्रेन्च ओपन विजेता सेरेना विलियम्सले यसपटक भने नखेल्ने भएकी छिन्।

३९ वर्षीया विलियम्सले चोटका कारण फ्रेन्च ओपनको दोस्रो राउण्ड नखेल्ने बताएकी हुन्।

विलियम्सले भनेकी छिन्, ‘मलाई ४ देखि ६ हप्तासम्म आरामको आवश्यकता छ। म हिँड्न संघर्ष गरिरहेको छु। आशा छ छिट्टै हिँड्नेछु।’

सेरेनाले दोस्रो चरणमा बुल्गेरियाका सेभिटाना पिरोन्काभासँग खेल्ने तालिका थियो।

विलियम्सले भनिन्, ‘सायद मैले यो वर्ष खेल्न सक्दिन होला। यो गम्भीर चोट हैन, तर यसले सधैं दुख दिइरहनेछ।’

पहिलो चरणमा उनले क्रिस्टी एह्रलाई ७–६, ७–३, ६–० ले पराजित गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .