ad ad

समाज


धनुषाकी एक महिला चार दिनदेखि बेपत्ता

धनुषाकी एक महिला चार दिनदेखि बेपत्ता

शैलेन्द्र महतो
असोज १४, २०७७ बुधबार ११:२३,

धनुषाकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छन्। धनुषाको बटेश्वर गाउँपालिका वडा नं. २ बस्ने देवनारायण महतोकी श्रीमती ४० वर्षीया रामजसी देवी चार दिनअघि घरबाटै बेपत्ता भएकी घरपरिवारले जनाएको छ।

गएको आइतबार दिउँसोदेखि रामजसी बेपत्ता भएको उनका पति देवनारायणले बताए। आफन्तजन सबैतिर खोजविन गर्दा कतै फेला नपरेपछि बुधबार बिहान इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा निवेदन दिएको पति देवनारायणले जानकारी दिए।

चारदिनमा पनि रामजसी फेला नपर्दा उनका सन्तान लगायत घरपरिवार समस्यामा परेको छ।

यता इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले निवेदनको आधारमा बेपत्ता महिलाको खोजविन गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .