किङ्स एलेभेन पन्जाबले दिएको २ सय २४ रनको ठूलो लक्ष्य भेट्टाउँदै आइपीएलमा राजस्थान रोयल्सले दोस्रो जित हात पारेको छ।
आइतबार राति भएको खेलमा पन्जाबले दिएको लक्ष्य राजस्थानले १९.३ बलमा ६ विकेट गुमाएर भेट्टाएको थियो।
आईपीएल इतिहासमा कुनैपनि टोलीले यति ठूलो लक्ष्य पूरा गरेको यो पनि पहिलोपल्ट हो।
राजस्थानका लागि सन्जु सामसनले ४२ बलमा ७ छक्का र ४ चौकासहित ८५ रन जोडे।
यस्तै कप्तान स्टिभ स्मिथले २७ बलमा ७ चौका र २ छक्कासहित ५० र राहुल टेवटियाले ३१ बलमा ७ छक्कासहित ५३ रन रन जोडेपछि राजस्थानको जित सम्भव भएको हो।
टेवटियाले १८ औं ओभरमा पन्जाबका कोट्रेललाई एकै ओभरमा ५ छक्का प्रहार गरेपछि राजस्थानलाई जित हात लागेको हो।
पन्जाबका मोहमद शामीले ३ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो।
मायांक अग्रवालले ५० बलमा १० चौका र ७ छक्कासहित १ सय ६ रनको शतकीय इनिङ्स खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त भएन।
यस्तै केएल राहुलले ५४ बलमा ७ चौका र १ छक्कासहित ६९ रन जोडे।
जितसँगै राजस्थानले २ खेलबाट ४ अंक जोडेको छ। राजस्थान अंक तालिकाको दोस्रो स्थान छ।
तेस्रो खेल खेलेको पन्जाबको यो दोस्रो हार हो। पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको थियो भने दोस्रो खेलमा दिल्ली क्यापिटल्ससँग हारेको थियो।

प्रतिक्रिया