ad ad

खेल


महामारीका कारण साफ च्याम्पियनसिप २०२१ का लागि सर्‍यो

महामारीका कारण साफ च्याम्पियनसिप २०२१ का लागि सर्‍यो

नेपालखबर
असोज ७, २०७७ बुधबार ९:३१,

कोरोना भाइरसको महामारीको कारण २०२० मा हुने भनिएको साफ च्याम्पियनसिप २०२१ का लागि सारिएको छ।

दक्षिण एसियाली फुटबल संघ (साफ)को आज बसेको भर्चुअल बैठकले साफ च्याम्पियनसिन अर्को वर्ष गर्ने निर्णय गरेको हो।

यस्तै २०२० का लागि तय साफ युथ फुटबल प्रतियोगिता भने रद्द गरेको छ। बैठकले अहिलेको महामारीलाइ मध्यनजर गर्दै २०२० मा युवाहरुका लागि तोकिएको तीनवटै प्रतियोगिता रद्द गर्ने निर्णय गरेको हो।

जुनमा बसेको बैठकले समय अनुकूल भए डिसेम्बरसम्म कम्तीमा २ वटा प्रतियोगिता आयोजना गर्ने निर्णय भएको थियो। २०२० मा युवाहरुका लागि ३ प्रतियोगिता आयोजना गर्ने साफको तालिका थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .