ad ad

खेल


‘मेस्सी झण्डै आर्सनल गएका थिए’

‘मेस्सी झण्डै आर्सनल गएका थिए’

नेपालखबर
असोज ६, २०७७ मंगलबार १३:४१,

लियोनल मेस्सीका प्रशंसक उनलाई फुटबलका सबैभन्दा महान खेलाडी मान्छन्। मेस्सीले फुटबलमा जेजति चमत्कार गरे, ती सबै बार्सिलोनाकै लागि गरे।

तर, सन् २००३ मै उनी झण्डै इंग्लिस क्लब आर्सनल गएको खुलासा भएको छ।

मेसीका पूर्वएजेन्ट फाबियन सोल्दिनीका अनुसार २००३ मा आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले ला मासियाका ३ खेलाडी भित्र्याउने योजना बनाएका थिए। ती थिए– मेस्सी, सेस फाब्रेगास र जेरार्ड पिके। तर, वेंगर फाब्रेगासलाई किन्न मात्र सफल भए। पिके म्यानचेस्टर युनाइटेड गए।

‘मेस्सी आर्सनल जान लालायित भएका थिए तर उनी गएनन्,’ सोल्दिनीले स्पेनी पत्रिका मार्कासँग भनेका छन्, ‘सेसले बार्सिलोना छाड्न अनुमति मागेको दिन म सम्झिन्छु। त्यो दिन मेस्सीले पनि जाने अनुमति मागेका थिए। तर उनी जान चाहँदैनथे।’

वेंगरले पनि हालै मेस्सीलाई ल्याउने आफ्नो योजना असफल भएको स्वीकारेका छन्।

त्यो वर्ष मेस्सी आर्सनल पुगेका भए उनी अहिलेजस्तै महान खेलाडी गनिन्थे होला? एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .