ad ad

कारोबार


कोभिड सम्बन्धी अनुसन्धानको लागि ज्योति बैंकद्वारा तिलगंगा अस्पताललाई सहयोग

कोभिड सम्बन्धी अनुसन्धानको लागि ज्योति बैंकद्वारा तिलगंगा अस्पताललाई सहयोग

नेपालखबर
असोज ६, २०७७ मंगलबार १४:३,

ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई कोरोना र आँखाबीचको सम्बन्ध सम्बन्धी अनुसन्धानको लागि सहयोग गरेको छ। तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको ‘डिटेक्सन अफ सार्स सीओभी२ इन्फेक्सन अन कन्जन्टिभा स्वाव एमङ कोभिड–१९ इन नेपाल’ को लागि ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत रु २ लाख बराबरको आर्थिक सहयोग गरेको छ।

ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानको अनुसन्धान विभागका निर्देशक डा सुमन थापाले उक्त सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे।

तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले डा सन्दुक रुईतको संयोजकत्वमा गरिरहेको उक्त अनुसन्धानमा कोरोना भाइरस र आँखाबीचको सम्बन्धको अध्ययन भइरहेको हो। अनुसन्धानले नेपाली कोरोना संक्रमितहरुको आँखामा कोरोना भाइरसको असर र आँखाबाट भाइरस संक्रमण सम्बन्धि अध्ययन गरिरहेको हो। नेपालमा यस किसिमको अनुसन्धान पहिलो पटक भइरहेको हो।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब रु। ३७ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब रु। ३१ अर्व लगानी गर्न सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .