खेल


घाइते बक्सर म्याक्सिमको रिङबाट बाहिरिनासाथ गयो ज्यान

घाइते बक्सर म्याक्सिमको रिङबाट बाहिरिनासाथ गयो ज्यान

नेपालखबर
साउन ८, २०७६ बुधबार ७:४९,

रुसका बक्सर म्याक्सिम डाडसेभको बक्सिङ रिङबाट बाहिरिनासाथ ज्यान गएको छ।

शुक्रबार सब्रियल म्याटिससँग म्याक्सिमले आइबीएफ लाइट–वेल्टरवेटमा प्रतिस्पर्धा गरिरहेका थिए।

एघारौं राउन्डमा घाइते भएका म्याक्सिमलाई रिङबाट बाहिर निकालिएको थियो।

तर रिङबाट बाहिरिनासाथ उनको ज्यान गएको बीबीसीले जनाएको छ।

२८ वर्षीय म्याक्सिमको यस प्रतिस्पर्धा व्यावसायिक १४ औं खेल थियो। यस अगाडिमा १३ खेलमा उनले लगातार जित हात पारेका थिए।

म्याक्सिमको शिरमा घाउ देखिएको, चोट दिमागसम्म पुगेको पाइएको छ। यसकारण घटना रहस्यपूर्ण भएकाले यसमा अनुसन्धान हुने रसियन बक्सिङ फेडेरेसनले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad