साविक विजेता पेरिस सेन्ट जर्मन(पीएसजी)ले फ्रेन्च लिग वान अन्तर्गत बुधबार राति पहिलो जित हात पारेको छ।
लगातार सुरुवाती दुई खेलमा हार ब्यहोरेको पीएसजीले तेस्रो खेलमा मिट्जविरुद्ध १–० कठिन जित हात पारेको हो।
निर्धारित समयको खेल गोल रहित बराबरीमा टुंग्गिएपनि इन्जुरी समयमा जुलियन ड्राक्जिलरले पीएसजीका लागि निर्णायक गोल गर्दै सिजनको पहिलो तीन अंक दिलाएका थिए।
६५औं मिनेटमा अब्दुयु डियालोले रातो कार्ड पाउदै मैदान छाडेपछि पीएसजी दश खेलाडीमा सीमित भएको थियो।
त्यसपछि पनि मिट्जको कडा चुनौतीका बाबजुद ९३ औं मिनेटमा जुलियनले हेडमार्फत गोल गर्दै पीएसजीलाई जित दिलाएका हुन।
प्रतिक्रिया