पेरिस सेन्ट जर्मन(पीएसजी)का फरवार्ड नेमारलाई दुई खेलको प्रतिबन्ध लागेको छ।
आइतबार भएको मार्सेलीविरुद्धको खेलमा रातो कार्ड पाएका नेमारमाथि दुई खेलको प्रतिबन्ध लगाइएको हो।
नेमारले रंगभेदी शब्द प्रयोग गरेको आरोप लगाउदैँ मार्सेलीका डिफेन्डर अल्भारो गोन्जालेजको टाउको पछाडि हातले हानेका थिए।
नेमारको उक्त आरोपमाथि फ्रेन्च फुटबलका अधिकारीहरुले छानविन समेत गर्ने भएको छ। गोन्जालेजले भने नेमारको भनाई अस्वीकार गरेका छन।
मार्सेलीविरुद्धको खेलमा नेमारसहित ५ खेलाडीले रातो कार्ड पाएका थिए। इन्जुरी समयमा पीएसजी र मार्सेलीका खेलाडीहरु हात हालाहालमा उत्रिएका थिए।

प्रतिक्रिया