इङ्लिस प्रिमियर लिग क्लब टोटनहम हट्सपरले स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्टार गेरार्थ बेललाई भित्र्याउने तयारी थालेको छ।
२०१३ मा बेल टोटनहमबाट नै त्यसबेलाको विश्वकीर्तिमानी रकम ८५ मिलियन पाउण्डमा रियल मड्रिडसँग अनुबन्ध भएका थिए।
त्यसयता रियलबाट चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका उनले क्लबका लागि १०० गोल गरेका छन।
३१ वर्षे बेलले अझै टोटनहमलाई मायाँ गर्ने र उनी क्लबसँग अनुबन्ध हुन चाहेको उनका एजेन्ट जोनाथन बर्नेटले बताएका छन।
टोटनहमका अध्यक्ष ड्यानियल लेभीले बेललाई भित्र्याउने विषयमा सक्रियतापूर्वक काम गरिरहेको बीबीसीले जनाएको छ।
तर क्लबका लागि उनको पारिश्रमिक मुख्य चुनौती हुनेछ। उनले रियलमा साप्ताहिक रुपमा ६ लाख पाउण्ड बुझ्दै आएका छन।
बेललाई भित्र्याउँदा टोटनहमले आफ्ना कप्तान ह्यारी केनभन्दा पनि बढी पारिश्रमिक दिनुपर्नेछ।

प्रतिक्रिया