ad ad

खेल


पर्वतीय खेलकुद महासंघ ‘वर्ल्ड एथ्नोस्पोर्टस’ मा आवद्ध

पर्वतीय खेलकुद महासंघ ‘वर्ल्ड एथ्नोस्पोर्टस’ मा आवद्ध

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ९:५,

संसार भरि चर्चित परमरागत तथा सांस्कृतिक खेलहरुको कम्बिनेसन ‘एथ्नो स्पोर्टस’ को अन्तर्राष्ट्रिय महासंघ ‘वर्ल्ड एथ्नोस्पोर्टस’को कन्ट्री मेम्बरको रुपमा पर्वतीय खेलकुद महासंघ नेपालले आवद्धता पाएको छ। 

नेचर, एडभेन्चर एण्ड कल्चरमा आधारित खेलहरु मार्फत दिगो पर्यटनको वकालत गर्दै आईरहेको पर्यटकीय खेलकुद महासंघले नेपालमा ‘एथ्नोस्पोर्टस’ का गतिविधिहरु बारे अध्ययन गर्दै ‘नेपाल नेसनल कमिसन फर युनेस्को’ सँग सहकार्य शुरु गरेको छ।

विश्वभर पर्यटकीय खेलकुदको रुपमा एथ्नोस्पोर्टस निकै प्रख्यात हुँदै आएको अवस्थामा नेपालमा समेत यस खेल प्रतिको आकर्षण बढ्दो छ।

लात्भियाको रिगामा सचिवालय रहेको ‘वर्ल्ड एथ्नोस्पोर्टस’हालै युनेस्कोको पार्टनर अर्गनाइजेसन रुपमा समेत चयन भएको छ।

‘वर्ल्ड एथ्नोस्पोर्टस’ का अध्यक्ष डा. अलेक्जी क्यालासोवले पर्वतीय खेलकुद महासंघ नेपालका अध्यक्ष गोबिन्द भट्टराईलाई राखेप बोर्ड सदस्यमा मनोनयन भएकोमा बधाई दिँदै पत्र मार्फत सो आवद्धताको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .