खेल


सडक दुर्घटनामा गम्भीर घाइते क्रिकेटर ललितको काठमाडौंमा उपचार हुने

सडक दुर्घटनामा गम्भीर घाइते क्रिकेटर ललितको काठमाडौंमा उपचार हुने

नेपालखबर
भदौ २९, २०७७ सोमबार १०:१६,

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका नेपाली राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीको काठमाडौंमा उपचार हुने भएको छ।

उनलाई आज थप उपचारका लागि काठमाडौं ल्याइनलागेको हो। उनलाई सिम्रिक एयरलाइन्सबाट काठमाडौं ल्याइँदै छ। हाल खतरामुक्त रहेका ललितको ग्रान्डी अस्पतालमा थप उपचार हुनेछ।

घाइते ललितको दायाँ हात, खुट्टा, टाउको र छातीमा चोट लागेको छ। हातको कुम र एंगल पनि चोट लागेको छ। उनको हात खुट्टाको शल्यक्रिया गर्नुपर्नेछ।

आइतबार राति कञ्चनपुरस्थित झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा ललित गम्भीर घाइते भएका थिए।

अचेत अवस्थामा रहेका ललितलाई धनगढीको निसर्ग अस्पतालमा सामान्य उपचार गरी गएराति ११ बजे बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजमा लगिएको थियो।

ललितको उपचारका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सहयोग र समन्वय गर्ने क्यानका अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad