ad ad

समाज


उपत्यकामा थप ६१ प्रहरीमा कोरोना संक्रमण

उपत्यकामा थप ६१ प्रहरीमा कोरोना संक्रमण

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार १५:५२,

उपत्यकामा शुक्रबार थप ६१ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौं प्रहरी परिसरका १५, ट्राफिक महाशाखाका १५, महानगरीय प्रहरी कार्यालयका १३ र ललितपुर परिसर र सातदोबाटो बृत्तका १८ जनामा कोरोना संक्रमण देखिएको हो।

यो सँगै झण्डै २१ सय प्रहरीमा कोरोना संक्रमण देखिएको छ। यसअघि २ हजार ३२ प्रहरीमा संक्रमण पुष्टि भइसकेको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए। ती मध्ये १ हजार २ सय १२ जना आइसोलेसनमा छन्। ८ सय २० जना भने निको भएर डीयूटीमा फर्किसकेका छन्।

संक्रमितलाइ आइसोलेसनमा र कन्ट्याक ट्रेसिङमा परेका प्रहरीलाई क्वारेन्टिनमा राखिएको प्रवक्ता कडायतले बताए। संक्रमितको संख्या बढिरहेको भएपनि निको भएर काममा फर्किएकाले अहिले नै जनशक्ति अभाव नरहेको प्रधान कार्यालयले जनाएको छ।

उपत्यकामा संक्रमण बढ्दै गए र जनशक्ति अभावको अवस्था भए बाहिरका गणबाट ल्याउन सकिने बताउँदै अहिले भने प्रधान कार्यालयकै जनशक्ति जगेडामा रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .